देशभर आज माैसम सफा, तर काठमाडाैं उपत्यकामा साँझ हल्का वर्षाको सम्भावना-Sutra News

देशभर आज माैसम सफा, तर काठमाडाैं उपत्यकामा साँझ हल्का वर्षाको सम्भावना

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडाैं – आज देशका धेरैजसो ठाउँको माैसम सफा रहने जल तथा माैसम विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर साँझपख भने केही स्थानमा हल्का वर्षा हुने जनाइएको छ। 



स्थानीय वायु र पश्चिमी वायुसँगै भित्रिएको जलवाष्पयुक्त वायुका कारण हिजो देशभर बदली भएको थियो। 

देशैभर अहिले प्रिमनसुनको समय चलिरहेको छ। जसको असरका कारण पश्चिमी भेगमा बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना हुने महाशाखाले बताएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही पहाडी भू–भागमा आज मेघगर्जन‚ चट्याङ‚ हावाहुरीसहित क्षणिक वर्षा हुने उल्लेख छ। 

काठमाडौं उपत्यकामा पनि बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ।

दिउँसो तापक्रम बढेर ३१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट