एमाले मुख्यालयमै मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ-Sutra News

एमाले मुख्यालयमै मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ

बिहिबार, ९ बैशाख २०७८

बिहिबार, ९ बैशाख २०७८

काठमाडाैं – प्रहरीले नेकपा एमाले पार्टी कार्यालय थापाथलीबाट बालिका खड्कालाई नियन्त्रणमा लिएको छ।



प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई प्रहरीले पक्राउ गरिएको हो। आजै मात्र एमालले पार्टी कार्यालय धुमबाराहीबाट थापाथली सारेको छ। 

balika-khadka2.jpg

यसै कार्यक्रममा मु्ख्यमन्त्री राई पनि सहभागी हुन आएका हुन्। खड्काले राईलाई गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई पक्राउ गरेका हुन्।

उनले यसअघि पनि आफूलाई प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको श्रीमती बताउँदै आएकी थिइन्। 

गत असोजमा पनि उनी नेकपा कार्यालय पेरिसडाँडा कोटेश्वरबाट पक्राउ परेकी थिइन्। नेताहरूलाई भेट्न भन्दै जर्बजस्ती प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई समातेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट