नारायणी अस्पतालमा कोरोना संक्रमित सर्लाहीका एक जनाको मृत्यु-Sutra News

नारायणी अस्पतालमा कोरोना संक्रमित सर्लाहीका एक जनाको मृत्यु

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

काठमाडाैं – कोरोना भाइरस संक्रमण पुष्टि भएका पर्साका थप एक जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय संक्रमितको बुधबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। 



मृतक सर्लाही मलंगवा–२ का बासिन्दा रहेका नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए। मंगलबार अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो। उनको गम्भीर प्रकारको निमोनियाका कारण मृत्यु भएको डा दासले बताए।

कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्साका निजी र सरकारी अस्पतालमा सात जनाको मृत्यु भइसकेको छ। तीमध्ये नारायणी अस्पतालमा पाँच र नारायणी बयोधा अस्पतालमा दुई जनाको मृत्यु भएको हो। मृतकहरु पर्सा, बारा र सर्लाहीका रहेका डा दासले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट