देउवाले मञ्चमै झपारे पौडेललाई (भिडियोसहित)-Sutra News

देउवाले मञ्चमै झपारे पौडेललाई (भिडियोसहित)

शुक्रबार, २७ चैत्र २०७७

शुक्रबार, २७ चैत्र २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई झपारेका छन् ।



काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिद्वारा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा देउवाले पौडेललाई झपारेका हुन् । कार्यक्रममा मन्तव्य राखेको विषयमा देउवाले पौडेललाई झपारेको हुनसक्ने देखिएको छ ।

171192778_2686650731627091_5805116371651548497_n.jpg

पौडेलपछि बोलेका देउवाको अभिव्यक्तिलाई खण्डन गर्दै कांग्रेसले अहिले चुनावको कुरामात्र गर्नु उपयुक्त नहुने पौडेलको भनाइमाथि देउवाले आपत्ति जनाए । कार्यक्रमको ड्यासमा मन्तव्य राखेर आशनग्रहणतर्फ अघि बढेका पौडेललाई देउवाले बीचमै रोकेर पार्टीबारे दुईथरि किन कुरा गरेको भन्दै प्रश्न गरेका हुन् ।

कांग्रेसभित्र देउवा चुनावमा जानुपर्ने अडानमा छन् भने पौडेल ओली सरकार ढालेर पार्टीकै नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट