प्रधानमन्त्री कार्यालय रहेको भवनमा गृह मन्त्रालय सर्दै-Sutra News

प्रधानमन्त्री कार्यालय रहेको भवनमा गृह मन्त्रालय सर्दै

शुक्रबार, २० चैत्र २०७७

शुक्रबार, २० चैत्र २०७७

काठमाडौं- यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको पुरानो भवनमा गृह मन्त्रालय सर्ने भएको छ । वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्न लागेको भवनको शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलले निरीक्षण गरे ।



वि.सं. २०७२ वैशाख १२ भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।

डेढ महिना अघिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहेको भवन खाली हुने भएपछि गृह मन्त्रालय सर्न लागेको हो ।

गृह मन्त्रालय रहेको केही भवन पुनर्निर्माण गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट