प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे कार्यव्यवस्था समितिमा छलफल हुने-Sutra News

प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे कार्यव्यवस्था समितिमा छलफल हुने

सोमबार, २ चैत्र २०७७

सोमबार, २ चैत्र २०७७

काठमाडौं– प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उनले आज दिउँसो २ बजेका लागि बैठक डाकेका हुन् । बैठकमा मंगलबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे छलफल हुने बताएको छ ।



तत्कालीन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक झगडाका कारण आधिकारिकता विवाद हुँदा यसअघिका दुईवटा संसद् बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका थिएनन् । तर, सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकता खारेज भएर दुई पार्टी बनेपछि अहिले आधिकारिकता विवाद टुंगिएको छ ।

बढीमा १७ जनासम्म बोलाउन मिल्ने प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको व्यवस्थाअनुसार सभामुखले बैठकमा सहभागीहरूलाई आमन्त्रण गरेका छन् ।

सभामुखले नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र जनता समाजवादी पार्टी (जसपा)का सचेतक उमाशंकर अर्गरियालाई आमन्त्रण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट