सरकार प्रतिनिधि सभाको निर्वाचनमा जान्छ : अर्थमन्त्री पौडेल-Sutra News

सरकार प्रतिनिधि सभाको निर्वाचनमा जान्छ : अर्थमन्त्री पौडेल

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने बताएका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै उनले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने बताएका हुन् ।



देशको अन्तिम निर्णयकर्ता जनता भएकाले सरकार निर्वाचनमा जाने अर्थमन्त्री पौडेल बताए । यस विषय सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधिन भएकाले सर्वोच्चको फैसलालाई सबैले सहर्ष स्वीकार गर्ने समेत उनले आग्रह गरे ।

मन्त्री पौडेलले आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधि सभाको निर्माण गर्ने जानकारी दिए । निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिने बताउँदै उनले भने, ‘सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने तयारी गरिरहेको छ । विश्व स्वास्थ्य संगठन लगायतका अन्र्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा सबै नेपालीलाई कोभिडविरुद्धको भ्याक्सिन निशुल्क उपलब्ध हुने छ ।’

कोभिड १९ विरुद्धको भ्याक्सिन आयात गर्न सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको अर्थमन्त्री पौडेल बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट