डिजेल बोकेको ट्यांकर र भारतीय ट्रक ठोक्किए, चालकको मृत्यु-Sutra News

डिजेल बोकेको ट्यांकर र भारतीय ट्रक ठोक्किए, चालकको मृत्यु

बिहिबार, १६ पौस २०७७

बिहिबार, १६ पौस २०७७

धनुषा- धनुषाको मालटोलमा डिजेल बोकेको ट्यांकर र ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।



जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को१ख २३३८ नम्बरको ट्याङ्कर र पूर्वबाट पश्चिमतर्फ आइरहेको बिआर शून्य जिडी ८८५९ नम्बरको भारतीय ट्रक ठोक्किँदा दुई युवाको मृत्यु भएको हो ।

दुर्घटनामा परी ट्याङ्कर चालक मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारत विहार राज्य चम्पारण जिल्ला गमहरिया पञ्चायत बस्ने २० वर्षीय रङ्गिला कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । 

गम्भीर घाइते चालक मण्डललाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालक रङ्गिलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट