काठमाडौंको तापक्रम यो वर्षकै कम-Sutra News

काठमाडौंको तापक्रम यो वर्षकै कम

मंगलबार, ३० मंसिर २०७७

मंगलबार, ३० मंसिर २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । आज विहान ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



महाशाखाका अनुसार उपत्यकाको यो तापक्रम वर्षकै सबैभन्दा कम हो । तापक्रम घटेकै कारण आज बिहान काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस भएको छ । मुलुकभर पश्चिमी वायुको असर रहँदा तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको पनि महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले तराईका अधिकांश क्षेत्र र पहाडका एकाध ठाउँमा पनि हुस्सु लागेको छ । बाक्लो हुस्सुका स्थानमा पारदर्शिता कम भइ देख्न गाह्रो हुने भएकाले यात्रामा साबधानी अपनाउ पनि महाशाखाले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट