त्रिविले थाल्यो स्थगित परीक्षा सञ्चालन गर्ने तयारी-Sutra News

त्रिविले थाल्यो स्थगित परीक्षा सञ्चालन गर्ने तयारी

बिहिबार, ४ मंसिर २०७७

बिहिबार, ४ मंसिर २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीपछि स्थगित परीक्षाको शैक्षिक सत्र पछाडि नधकेलिने गरीको तयारी थालेको छ । गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर जाने जोखिम बढेको थियो ।



वार्षिक प्रणालीअन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणालीअन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिए । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।

मंसिरबाटबाट सुरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हाराहारीमा स्नातकोत्तर तहमा भर्ना हुनसक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ ।

विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा परेका विद्यार्थीलाई पनि परीक्षा लिन सक्ने व्यवस्था मिलाएको छ । संक्रमित विद्यार्थीको परीक्षा अन्य साधारण विद्यार्थीको तुलनामा १५ मिनेटपछि सुरु गरिने र अन्य विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सकिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट