प्रदेश १ मा ६०० ले जिते कोरोना-Sutra News

प्रदेश १ मा ६०० ले जिते कोरोना

आइतबार, २३ कार्तिक २०७७

आइतबार, २३ कार्तिक २०७७

विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा २१९ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको ९७६ जनाको पिसिआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



थपिएकामा मोरङगमा १०३ मध्ये विराटनगरमा ४८, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई/दुई पाँचथर, भोजपुर र खोटाङमा एक/एक र प्रदेश बाहिरका १४ जना रहेका छन् । यसप्रदेशमा संक्रमितका संख्या २१ हजार ८८४ पुगेको छ ।

प्रदेशमा आज नै ६०० जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म घर फर्किनेहरुको संख्या १४ हजार १७३ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७० हजार ९५१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट