थपिए २८२४ कोरोना संक्रमित-Sutra News

थपिए २८२४ कोरोना संक्रमित

आइतबार, १६ कार्तिक २०७७

आइतबार, १६ कार्तिक २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।



पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२० जना रहेका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट