थप २ हजार ५ सय ८ जनामा कोरोना-Sutra News

थप २ हजार ५ सय ८ जनामा कोरोना

शनिबार, १५ कार्तिक २०७७

शनिबार, १५ कार्तिक २०७७

काठमाडौं– नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा संक्रमण भएको हो ।



योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन् ।

निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट शनिबार १७ जनाले ज्यान गुमाएका छन् । योसहित मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट