थपिए ३५१७ कोरोना संक्रमित-Sutra News

थपिए ३५१७ कोरोना संक्रमित

शुक्रबार, १४ कार्तिक २०७७

शुक्रबार, १४ कार्तिक २०७७

काठमाडौं- नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा संक्रमण भएको हो । 

योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना निको भइ घर फर्केका छन् । निको हुनेको संख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमणबाट शुक्रबार १६ जनाले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट