स्वास्थ्य मन्त्रालयले अब दैनिक प्रेस ब्रिफिङ नगर्ने-Sutra News

स्वास्थ्य मन्त्रालयले अब दैनिक प्रेस ब्रिफिङ नगर्ने

बुधबार, १२ कार्तिक २०७७

बुधबार, १२ कार्तिक २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ ।  मन्त्रालयका प्रवक्त्ता डा.जागेश्वर गौतमका अनुसार अब साताको दुई दिनमात्रै प्रेस ब्रिफ्रिङ गरिनेछ ।  



उनका अनुसार साताको आइतबार र बुधबार मात्रै प्रत्यक्ष प्रशारणमार्फत प्रेस ब्रिफिङ हुनेछ । बाँकी दैनिक कोरोना अपडेट भने मन्त्रालयको फेसबुक, भाइबर तथा वेभसाइटमा उपलब्ध हुने उनले जानकारी दिए ।  

मन्त्रालयले हरेक दिन कोरोना अपडेटमार्फत दैनिक संक्रमित स‍ंख्या, आइसोलेसनमा बस्नेको संख्या तथा सक्रिय स‍ंक्रमितको संख्याबारे जानकारी दिँदै आएको थियो ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट