दशैँ मान्न आउनेले ल्याए कोरोना, बागलुङको पर्यटकीय गाउँ जोखिममा-Sutra News

दशैँ मान्न आउनेले ल्याए कोरोना, बागलुङको पर्यटकीय गाउँ जोखिममा

बुधबार, १२ कार्तिक २०७७

बुधबार, १२ कार्तिक २०७७

काठमाडौं- दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना संक्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ ।



समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए । गाउँभरिका वृद्धवृद्धासमेत जम्मा भएर उनीलगायत सबै गाउँका युवालाई टीका लगाइदिएका थिए ।

स्वाब दिएर होम क्वारेन्टाइनमा बसेका ती युवा रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्षसहित बन्द गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए ।

स्वाब दिएपछि कुनै लक्षण नदेखिएकाले उनीगाउँमा परिवारसँगै साथीसँगीसँग गाउँघरका खेलकूदलगायतका कार्यक्रममा पनि सहभागी थिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा पाँचभन्दा बढी भेटघाट, भेला र आवतजावत गर्न नपाउने निर्णय गरेको श्रीसको भनाइ छ ।

उनका अनुसार, मंगलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे रातिसम्म अत्यावश्यक बाहेकका काममा रोक लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट