एक लाख १८ हजार ८४३ ले जिते कोरोना-Sutra News

एक लाख १८ हजार ८४३ ले जिते कोरोना

मंगलबार, ११ कार्तिक २०७७

मंगलबार, ११ कार्तिक २०७७

काठमाडौं- नेपालमा कोरोनामुक्त हुनेको संख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् ।



प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, बागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार ५१०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा तीन हजार १६८ जना कोरोनामुक्त भएका छन् ।

देशभर आज ५७० जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार ७२५ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २२५, भक्तपुरमा चार र ललितपुरमा २३ संक्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, बागमतीमा २७३, गण्डकीमा ८० र लुम्बिनीमा १६७ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली र सुदूपश्चिममा आज संक्रमित भेटिएका छैनन् । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ ।

४० हजार ६८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार ४६४ संक्रमित होम आइसोलेसनमा छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा सक्रिय संक्रमित छैनन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट