लोकसेवा परीक्षा रोक्न परीक्षार्थीको माग-Sutra News

लोकसेवा परीक्षा रोक्न परीक्षार्थीको माग

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

काठमाडौं- कोरोना महामारीका बेला लोकसेवा आयोगबाट लिइने परीक्षा रोक्न परीक्षार्थीले माग गरेका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विद्यार्थीले लोकसेवा आयोगलाई बोलाई निर्धारित परीक्षा स्थगित गर्न निर्देशन दिन माग गर्दै उजुरी दर्ता गराएका हुन्।



परीक्षार्थीले दिनदिनै कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा परीक्षा सञ्चालन गर्नु जोखिमपूर्ण हुने भन्दै रोक्न माग गरेका हुन्। परीक्षा रोक्न माग गर्दै सर्वोच्च अदालतमा समेत रिट दर्ता भएको छ।

विभिन्न तहका यसअघि नै हुुनुपर्ने परीक्षा कोरोना महामारीका कारण रोकिएको थियो। आयोगले सहसचिव तहको परीक्षा कात्तिक ४ गतेदेखि तोकेको छ।

त्यस्तै अधिकृत तह र नायव सुब्बा तहको परीक्षा कात्तिक १८ गतेदेखि सुरु गर्ने सूचना प्रकाशित गरेको छ। अहिलेको अवस्थामा यी सबै परीक्षा रोक्नुपर्ने विद्यार्थीहरुको माग छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट