सार्वजनिक खरिद ऐन अध्यायदेशमार्फत् संशोधन गर्न शिक्षा समितिको निर्देशन-Sutra News

सार्वजनिक खरिद ऐन अध्यायदेशमार्फत् संशोधन गर्न शिक्षा समितिको निर्देशन

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं– शिक्षा तथा स्वास्थ्य समितिको भर्चुअल बैठक सोमबार समितिका सभापति जयपुरी घर्तीको सभापतित्वमा सम्पन्न भएको छ। बैठकमा हाल कोभिड–१९ले काठमाडौं उपत्यका लगायत देशभर व्यापक रुपमा फैलिएको अवस्थालाई मध्येनजर गरि छलफल भएको छ।



छलफलका क्रममा घर्तीले सरकारलाई कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक भेन्टिलेटर, आइसीयू र अक्सिजन लगायत सामाग्रीको उचित व्यवस्थापनगर्न सुझाव दिइन।

स्वास्थ्य सामाग्रीहरुको खरिद गर्न विद्यमान सार्वजनिक खरिद ऐन बाधक भएकोले ऐनलाई तत्काल अध्यायदेश मार्फत संशोधन गर्न, आवश्यकतानुसार डाक्टर लगायत स्वास्थ्यकर्मीहरुको परिचालन गर्न सुझाव समितिले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट