त्रिविका स्थगित परीक्षा मंसिर तेस्रो सातापछि-Sutra News

त्रिविका स्थगित परीक्षा मंसिर तेस्रो सातापछि

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मंसिर तेस्रो सातापछि हुने भएको छ।विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिर तेस्रो सातापछि सञ्चालन हुने जनाएको हो।



परीक्षा तालिकासम्बन्धी विवरण पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ। असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो।

सोही निर्णयको आधारमा त्रिविले परीक्षा तयारी थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट