कंगनाको घर रहेको ‘सोसाइटी’सँग बिएमसीले माग्यो पाँच सूचना-Sutra News

कंगनाको घर रहेको ‘सोसाइटी’सँग बिएमसीले माग्यो पाँच सूचना

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

मुम्बई- कंगना रणावतको मुम्बईको पाली हिल्समा रहेको कार्यालयमा तोडफोड गरेको ६ दिनपछि बिएमसीले मंगलबार ‘चेतक सोसाइटी’को नाममा सूचना जारी गरेको छ। बिएमसीले सूचना जारी गर्दै त्यहाँका सदस्यहरुको जानकारी मागेको छ।



चेतक सोसाइटी एक सहकारी समिति हो। भारतीय सञ्चारमाध्यममा आएका सूचनाअनुसार बिएमसीले यो मुद्दामा अरु पनि कारबाही गर्न सक्छ। यसअघि बिएमसीले कंगनाको खारमा रहेको घरलाई पनि अवैध निर्माण भएको भन्दै त्यसलाई हटाउने सूचना जारी गरेको थियो।

बिएमसीले कंगनाको सोसाइटीलाई पाँच विषयमा जानकारी मागेको छ। सोसाइटीका प्रमुख सदस्य तथा साझेदारी गर्नेहरुको सूची, पछिल्लो ३ वर्षमा भएको सोसाइटीको बैठक तथा बैंक खाताको जानकारी, चुनावी विवरणका साथ सदस्यहरुको ट्रान्सफरको सूची, बंगलाहरु रहेको स्थानको विवरण तथा सम्झौतासँगै अन्य कागजातहरु उपलब्ध गराउन बिएमसीले सूचना जारी गरेको छ। 

अर्कातिर, कंगनाले बिएमसीलाई २ करोड रुपैँयाको मुआब्जा मागेकी छन्। कंगनाले पाली हिल्सस्थित कार्यालयमा बिएमसीले ९ सेप्टेम्बरमा गरेको तोडफोडको क्षतिपूर्तिस्वरुप २ करोड रुपैँयाको मुआब्जा मागेकी हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट