भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख बढी-Sutra News

भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख बढी

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं–भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख बढी भएको छ। पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो।



संक्रमितमध्ये अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९५ हजार ४०० जनाको उपचार भइरहेको छ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६० हजारभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १०१७ जनाको मृत्यु भएपछि भारतमा मृत्यु हुनेको संख्या ६० हजार ६२९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट