हङकङमा एक व्यक्तिमा पुनः कोरोना संक्रमण पुष्टि-Sutra News

हङकङमा एक व्यक्तिमा पुनः कोरोना संक्रमण पुष्टि

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

एजेन्सी–हङकङमा कोभिड–१९ को संक्रमणबाट निको भइसकेका व्यक्तिमा पुनः संक्रमण भएको पुष्टि भएको छ। सोमबार अनुसन्धानकर्ताहरुले हङकङमा संक्रमणबाट निको भइसकेका व्यक्तिमा फेरि दोस्रो पटक संक्रमण देखिएको पुष्टि भएको बताएका हुन्।



विश्वभरमा आधिकारिक रूपमा पुष्टि भएको यो पहिलो केस रहेको छ। हङकङ विश्वविद्यालयका अनुसार आईटी क्षेत्रमा काम गर्ने एक ३३ वर्षीय पुरुष संक्रमणबाट मुक्त भएर अप्रिलमा अस्पतालबाट डिस्चार्ज भएका थिए। उनमा फेरि अगष्टमा कोरोना संक्रमणको पुष्टि भएको छ। स्पेनबाट फर्किएपछि उनको परिक्षण गर्दा फेरि संक्रमण देखिएको बताइएको छ।

विश्व विद्यालयको अनुसन्धान सहुमका अनुसार अप्रिलमा देखिएको भाइरसले उक्त व्यक्तिमा केही मात्रामा ‘जेनेटिक सिक्वेन्स’ देखाएको थियो। तर, अगष्टमा उनमा पुनः संक्रमण पुष्टि हुँदा भने भाइरस पूर्ण रूपमा फरक देखिएको छ।

न्युयोर्क टाइम्समा येल विश्वलिद्यालयमा कार्यरत रोग प्रतिरक्षासम्बन्धी विज्ञ अकिको ईवासाकीका अनुसार दोस्रो पटक देखिएको संक्रमण विना लक्षणको रहेको छ। उनले भनेका छन्,‘पहिलो संक्रमण निको भएपछि उनमा भएको प्रतिरक्षा प्रणालीले संक्रमणलाई खराब हुनबाट बचाएको देखिएको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट