कोभिड-१९ को खोप निर्माणमा जुटे १ सय ७२ देश-Sutra News

कोभिड-१९ को खोप निर्माणमा जुटे १ सय ७२ देश

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

एजेन्सी–विश्व स्वास्थ्य संगठनले विश्वभरका १ सय ७२ देशहरूको सहकार्यमा ‘कोभ्याक्स’ सुविधा अन्तर्गत कोभिड–१९को खोपलाई समान रूपमा पहुँचमा पुर्याउन कार्य थालेको छ। सोमबार विश्व स्वास्थ्य संगठनले बताएअनुसार विश्वभरका १ सय ७२ देशहरूले सहकार्यमा यो कार्यको थालनी गरेका छन्। तर,यसका लागि थप आर्थिक सहयोग आवश्यक रहेको डब्ल्युएचओले जनाएको छ।



‘कोभ्याक्स’ योजनामा भाग लिन चाहने देशहरूलाई आगामी अगष्ट ३१ सम्म डब्ल्युएचओमा सम्पर्क गर्न संगठनका अधिकारीहरूले भनेका छन्। यसअन्तर्गत आर्थिक सहायताका लागि आगामी अक्टोबरको ९ सम्ममा सुरुवाती रकम बुझाउनु पर्ने बताइएको छ।

संगठनका महानिर्देशक टेड्रोस एड्नाम गेब्रियेससका अनुसार यो योजना कोभिड १९ को महामारीको अन्त्यको लागि आवश्यक रहेको छ। यो योजनाले खोपको उत्पादन गर्नमा सहजता ल्याउने मात्रै नभएर खोपको विक्रीमा पनि यसले मूल्यलाई सकेसम्म कम राख्ने तयारी रहेको गेब्रियेससले बताएका छन्।

‘खोपमा राष्ट्रवाद जोड्दा यसले भाइरसलाई मात्रै मद्दत गर्छ,’ उनले मिडिया ब्रिफिङ भनेका छन्, ‘कोभ्याक्सको सफलताले यसमा हस्ताक्षर गर्ने देशहरुलाई मात्रै नभएर अन्यलाई पनि सहयोग गर्ने छ।’

अहिले कोभ्याक्स योजनामा कोभिड–१९ को खोप बनाईरहेका नौ कम्पनीहरू छन्। यसले आगामी २०२१ मा विश्वभर २ विलियन डोज खोप उपलब्ध गराउने लक्ष्य राखेको छ। टेड्रोसले भनेका छन्, ‘सुरुवातमा खोपको उत्पादन सिमित हुँदा यसलाई मुख्यः गरी कोभिड-१९ का कारण अति प्रभावित ठाउँहरूमा उपलब्ध गराइने छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट