मालदिभ्समा पनि कोरोना सङ्क्रमित बढ्दै-Sutra News

मालदिभ्समा पनि कोरोना सङ्क्रमित बढ्दै

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

माले–दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ। मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या छ हजार नाघेको छ।



दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड –१९ का सङ्क्रमितहरू बढेका प्राप्त समाचारमा जनाइएको हो।यहाँ कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको स्थानीय मिडियाहरुले जनाएका छन्। मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार यहाँ संक्रमण हुने व्यक्तिको संख्या ६ हजार ७७९ पुगेको छ।

यहाँका संक्रमितमध्ये ४ हजार २२२ जना सङ्क्रमितहरू निको भएर घर फर्किएका छन्। अहिले पनि २ हजार ५३२ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन्। अधिकारीहरुले यहाँ बाहिरबाट आएका व्यक्तिहरुबाट कारोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको पनि बताएका छन्। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट