विश्वमा एकैदिन २ लाख ६ हजार कोरोना संक्रमित-Sutra News

विश्वमा एकैदिन २ लाख ६ हजार कोरोना संक्रमित

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

काठमाडौं–विश्वभर एकैदिन २ लाख ६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २ लाख ६ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या २ करोड ३५ लाख ८१ हजार ६१३ पुगेको छ।



एकैदिन थप ४ हजार २३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १२ हजार ४०७ पुगेको छ। संक्रमितमध्ये १ करोड ६० लाख ७८ हजार ७३५ जना संक्रमण मुक्त भएका छन्।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ३०४ जनाको मृत्यु भएको छ। ३३ लाख ५४ हजार ७४१ जना संक्रमित भएकोमा १९ लाख ८५ हजार ६७८ जना संक्रमणमुक्त भएका छन्।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५९ हजार ४३९ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ६९ लाख ४३ हजार ४७९ पुगेको छ। त्यसमध्ये ३८ लाख ८६ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३० हजार २४२ जनाको मृत्यु भएको छ। ६२ लाख ९८ हजार ३१४ जना संक्रमित भएकोमा ४९ लाख ८० हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८९ हजार ४७ जनाको मृत्यु भएको छ। ५७ लाख ६४ हजार ७०८ जना संक्रमित भएकोमा ४२ लाख ९४ हजार २४४ जना संक्रमणमुक्त भएका छन्।

अफ्रिकी मुलुकहरूमा २७ हजार ८३१ जनाको ज्यान गएको छ भने ११ लाख ९२ हजार ४१४ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५२९ जनाको मृत्यु भएको छ । २७ हजार २३६ जना संक्रमित भएकोमा २१ हजार १९६ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट