तीजको दिन सुनको मूल्य स्थिर-Sutra News

तीजको दिन सुनको मूल्य स्थिर

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं। हिन्दु महिलाहरुको महान चाड तीजको दिन सुनको मूल्य स्थिर रहेको छ।



बिहीबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य पनि ९८ हजार ३ सय रुपैयाँ कायम छ। सुनको मूल्य यथावत् रहँदा चाँदी पनि १० रुपैयाँले महँगिएर प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट