बाँकेमा कोरोनाबाट थप एकको मृत्यु-Sutra News

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

राँझा–बाँकेमा कोरोना संक्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ। फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।



उनका अनुसार गए राति ११.४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो। साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा सोमबार दिउँसो पोजेटिभको रिपोर्ट आएको थियो। मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ। यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट