महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा-Sutra News

महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

महोत्तरी–कोभिड–१९ संक्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई निषेधाज्ञा आदेश जारी भएको छ। सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो।



यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र छिमेकको महोत्तरी गाउँपालिकाका वडा नं ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि पटकपटक गरी निषेधाज्ञा जारी गर्दै आएको थियो।

पछिल्ला केही दिनयता जिल्लाका सबैजसो भेगमा सङ्क्रमण निकै बढेको हुँदा यसलाई रोकथामका लागि आवागमन रोक्न जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सोमबार साँझ जारी गरेको आदेशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट