‘दक्षिण एसियाली युवा महोत्सव २०२०’ काठमाडौंमा सुरु-Sutra News

‘दक्षिण एसियाली युवा महोत्सव २०२०’ काठमाडौंमा सुरु

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

काठमाडौं- व्यक्तित्व विकासका विभिन्न कार्यहरुमा सक्रिय रहेको गोकल आफ्टर स्कुलले बुधबारबाट दक्षिण एसियाली युवा महोत्सवको आयोजना गरेको छ । तीन हप्ता लामो महोत्सव आज बुधबारबाट सुरु भएर आगामी सेप्टेम्बर ३ सम्म आयोजना हुने भएको छ ।



युवा लक्षित विभिन्न कार्यक्रम गर्दै आएको गोकल प्राइभेट लिमिटेडले यो कार्यक्रमको आयोजना गरेको हो । गोकलसहित महोत्सवको आयोजनामा युनिसेफ– रोसा, क्याबिनेट डिभिजन बंगलादेश, युएनडिपीः राष्ट्रिय युवा परिषद् नेपाललगायतका विभिन्न दक्षिण एसियाली संस्थाहरु रहेका छन् ।

कार्यक्रम आयोजक गोकल आफ्टर स्कुलका अनुसार महोत्समा दक्षिण एसियाली देशका १४ देखि २४ वर्षसम्मका युवाहरुले निशुल्क भाग लिन पाउनेछन् । महोत्सवमा व्यक्तित्व विकास, विभिन्न प्रतियोगिता तथा युवा लक्षित बहसका कार्यक्रमहरु रहेको आयोजकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

बुधबारबाट सुरु भएको महोत्सवको सुरुवाती बहस कार्यक्रममा विभिन्न देशका व्यक्ति तथा दक्षिण एसियाली देशका युवाहरुले भाग लिएका थिए । महोत्सवको सुरुवातमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, माल्दिभ्स सरकारका शिक्षा मन्त्री ऐसाथ अथिया नासिरलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट