नेप्से १.५१ अंकले बढ्यो, आज ९५ करोड १९ लाखको कारोबार-Sutra News

नेप्से १.५१ अंकले बढ्यो, आज ९५ करोड १९ लाखको कारोबार

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

काठमाडौं- बुधबार नेप्सेमा झिनो अंकको वृद्धि भएको छ। नेप्से सूचक आज १.५१ अंकले बढेर १४२५.३२ विन्दुमा पुगेको छ। १८८ कम्पनीको रु ९५ करोड १९ लाख ६० हजार २०८ को कारोबार भएको छ।



सेयर बजारमा आज कुल ३० लाख ३२ हजार ३११ कित्ता सेयर खरिद-बिक्री भएको छ। कूल १२ समूहको कारोबार भएकामा ६ वटा समूहका सूचक हरियो देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूह ३९.०८ अंकले बढेको छ।

यता, वाणिज्य बैंक समूहको सूचक ३.८१ विन्दुले माथि लागेको छ। सबैभन्दा धेरै फाइनान्स कम्पनीहरुले ०.६६ प्रतिशतले गुमाएका छन्।

साधना लघुवित्तको भाउ सबैभन्दा धेरै ९.८९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा युनियन हाइड्रोपावर परेको छ। यसको भाउ ६.४५ प्रतिशतले घटेको छ।

खरिद-बिक्रीमा युनाइटेड इन्सुरेन्स अग्रस्थानमा रहेको छ। यसको ६ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी र तेस्रोमा नेपाल लाइफ इन्सुरेन्स परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट