लगानी बोर्डमा सिइओका रुपमा कुनै पनि काम नगर्न भट्टलाई उच्च अदालतको आदेश-Sutra News

लगानी बोर्डमा सिइओका रुपमा कुनै पनि काम नगर्न भट्टलाई उच्च अदालतको आदेश

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

काठमाडौं- नियुक्तिको प्रक्रियादेखि नै विवादित भएका लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) सुशील भट्टलाई काम नगर्न पाटन उच्च अदालतले आदेश गरेको छ।



मंगलबार अदालतले भट्टलाई सिइओका रूपमा कुनै पनि काम नगर्न, नगराउन आदेश दिएको हो। योग्यता नपुग्ने र विभिन्न ठेक्कामा कालोसूचीमा परेको दाबी गर्दै अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई काम गर्न रोक लगाएको हो। भट्टलाई बोर्डको सिइओमा १९ को मन्त्रिपरिषदले नियुक्त गरेको थियो।

भट्टको नियुक्तिप्रति २० साउनमा बालुवाटारमा पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र नेता झलनाथ खनालले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसँग आपत्ति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट