विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड दुई लाख : डब्लुएचओ-Sutra News

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड दुई लाख : डब्लुएचओ

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

स्वीट्जरल्याण्ड– विश्वमा कोरोना भाइरस संक्रमितको संख्या संख्या दुई करोड २ लाख नाघेको छ। विश्व स्वास्थ्य (डब्लुएचओ) ले मंगलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन्।



कोरोना भाइरस संक्रमणका कारण विश्वभरी सात लाख ३९ हजार २१२ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ। मंगलबारसम्म विश्वभरीमा एक करोड ३१ लाख ९० हजार ५१६ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

विश्वभरमा हाल ६३ लाख २९ हजार ८३६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ। संक्रमितमध्ये ६४ हजार ६९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५२ लाख ५१ हजार ४४६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ६६ हजार १९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा ४८ लाख २६६ जना कोरोना भाइरस संक्रमित रहेका छन्। यहाँ एक लाख ६१ हजार २८३ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ६१ लाख ८२ हजार ५४४ जना कोरोना भाइरस संक्रमित रहेका छन्। यहाँ दुई लाख ३६ हजार २२७ जनाको मृत्यु भएको छ।

युरोपमा ३० लाख ६४ हजार ७२१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख छ हजार ४०५ को मृत्यु भएको छ। एसिया ५१ लाख २५ हजार ३९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ११ हजार २५३ जनाको मृत्यु भएको छ।

अफ्रिकामा दश लाख ६१ हजार ९८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३ हजार ६४३ जनाको मृत्यु भएको छ। ओसियानामा २३ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३५७ जनाको मृत्यु भएको छ। रासस/एएफपी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट