विवादकाबीच देउवाद्वारा पुनः केन्द्रीय विभाग प्रमुख मनोनयन-Sutra News

विवादकाबीच देउवाद्वारा पुनः केन्द्रीय विभाग प्रमुख मनोनयन

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं- कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय विभागका प्रमुख र सदस्यहरू पुनः मनोनयन गरेका छन्। सोमबार राति १२ विभागका प्रमुख र सदस्यहरू मनोनयन गरेका सभापति देउवाले सोमबार ५ वटा विभागका प्रमुख र सदस्यहरू मनोनयन गरेका हुन्।



पार्टीको विधानअनुसार महाधिवेशन भएको तीन महिनाभित्र विभाग प्रमुखहरू मनोनयन गरिसक्नुपर्ने व्यवस्था विधानमा भए पनि सभापति देउवाले आफ्नो चार वर्षे कार्यकाल सकिएपछि विभाग विस्तार गर्दै प्रमुखहरू मनोनयन गरेका छन्। सभापति देउवाले एकलौटीरूपमा विभाग विस्तार गरी प्रमुखहरू मनोनयन गरेको भन्दै संस्थापन इतर पक्षले आपत्ति जनाउँदै आएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार केन्द्रीय विभागहरूमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरिएको जनाइएको छ।

पाँच विभागको प्रमुखमध्ये उद्योग व्यापार विभाग प्रमुखमा चिनकाजी श्रेष्ठ, आदिवासी जनजाति विभाग प्रमुखमा सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा गोविन्द भट्टराईलाई मनोनयन गरेका छन्। त्यसैगरी श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुखमा शिवप्रसाद हुमागाँइ र राज्य प्रशासन विभाग प्रमुखमा केशवकुमार बुढाथोकीलाई मनोनयन गरेका छन्।

यसैगरी सभापति देउवाले संगठन विभागको उपप्रमुखमा चितवनका पृथ्वीमान गुरुङ, स्थानीय तथा समन्वय विभागमा जुम्लाका हरिकृष्ण हमाल र वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा स्याङ्जाका केशवराज लम्साललाई पनि मनोनयन गरेका छन्। 

congress1.jpg

congress2.jpg

congress3.jpg

congress4.jpgcongress5.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट