थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं- नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या ३२ हजार ३ सय १० पुगेको छ।



पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ को पिसिआर परीक्षण गरिएको थियो। त्यस्तै १ सय ४० जना कोरोनामुक्त भई डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै आइतबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट