प्रचण्डसँग भेटेका सुवास नेम्वाङ भन्छन्– म अझै आशावादी छु-Sutra News

प्रचण्डसँग भेटेका सुवास नेम्वाङ भन्छन्– म अझै आशावादी छु

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच पार्टीको आन्तरिक विावद समाधानका विषयमा छलफल भएको छ । 



नेम्वाङ बिहीबार बिहान ९ बजे प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको नेता नेम्वाङले जानकारी दिए ।

‘उहाँले (प्रचण्ड) बोलाएपछि गएको हुँ,’ नेम्वाङले सूत्रन्युजसँग भने, ‘पार्टीकै विवादका विषयमा छलफल भयो । छलफल सकरात्मक भएको छ।’

पछिल्लो समय नेकपाको जारी स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। नेताहरूबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । 

नेता नेम्वाङले विभिन्न तहमा सहमतिको प्रयास जारी रहने जानकारी पनि दिए । ‘विभिन्न तहमा छलफल गरेर सहमतिको प्रयास जारी रहन्छ’, नेम्वाङ भन्छन्, ‘विवाद समाधान हुनेमा म आशावादी छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट