पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १९ साउन २०७७

सोमबार, १९ साउन २०७७

काठमाडौं–पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगंजको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।



संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् । संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट