एकीकृत समाजवादीको १० औँ महाधिवेशन सर्‍यो-Sutra News

एकीकृत समाजवादीको १० औँ महाधिवेशन सर्‍यो

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जेठमा गर्ने भनिएको पार्टीको १० औँ महाधिवेशन सार्ने निर्णय गरेको छ । पार्टीको बैठकले एक महिनापछि हुने गरी बैठक सार्ने निर्णय गरेको हो ।



पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन असार १६ देखि २० गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

आन्तरिक तयारी नपुगेको र संगठनको तलबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गरी महाधिवेशनको समय सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसैबीच प्रवक्ता खतिवडाले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले आलोपालो प्रधानमन्त्री खाने बार्गेनिङ गर्दै नयाँ सत्ता समीकरण बनाएको आरोप लगाए । उनले सहकार्यमा विश्वासको आधारमा हिँडेको पार्टीलाई गठबन्धनका दलले कुठाराघात गरेको भन्दै जस्तो व्यवहार हुन्छ त्यस्तै जवाफ दिने स्पष्ट पारे ।

उनले बिगतमा कागजमा लेखिएका कुराहरू धोका भएको र च्यातिएको इतिहास रहेकाले कागजलाई एकातिर राखेर अबदेखि हिँड्ने चालको गन्ती गर्न चुनौति दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट