ललितपुरमा आगो निभाउने क्रममा घाइते एक जनाको मृत्यु-Sutra News

ललितपुरमा आगो निभाउने क्रममा घाइते एक जनाको मृत्यु

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ४ तपेश्वर वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।



प्रहरीका अनुसार आगो निभाउने क्रममा दुई जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घाइते शंकर पहरीको मृत्यु भएको हो । अर्का घाइते रमेश पहरीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट