४० लाख रुपैयाँको अवैध सामानसहित भारतीय गाडी नियन्त्रण-Sutra News

४० लाख रुपैयाँको अवैध सामानसहित भारतीय गाडी नियन्त्रण

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले भारतको लखिमपुर पलिया कला खिरी स्थायी घर भइ कैलाली बस्दै आएका एक जनालाई पक्राउ गरेको छ ।



धनगढी उपमहानगर ३ बस्ने ४४ वर्षीय आशिष गुप्तालेलाई प्रहरीले पक्राउ गरेको हो । उनले हरि ओम हार्डवयर एण्ड सप्लायर्सको गोदाम सञ्चालन गर्दै आएका छन् ।

यस क्रममा उनले भारतबाट भन्सार छली सामान ल्याएको भन्दै प्रहरीले पक्राउ गरेको हो । यस क्रममा प्रहरीले ४० लाख रुपैयाँ बराबरको सामानसहित यूपी ३१ टी ७७११ नम्बरको ट्रकसमेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट