गिरीलाई सांसद पदबाट हटाउने रञ्जिताको निर्णयमा सर्वोच्चको आदेश-Sutra News

गिरीलाई सांसद पदबाट हटाउने रञ्जिताको निर्णयमा सर्वोच्चको आदेश

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१
adalat

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट हटाइएकी इन्दिरा गिरीलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।



प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेकी रिटमा अन्तरिम आदेश जारी गर्दै सांसद पदबाट नहटाउन निर्देशन दिएका हुन् ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनी पदमुक्त भएकी थिइन् ।

स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको आरोप लगाउँदै श्रेष्ठले कारबाही गरेकी थिइन् । गिरी पदमुक्त भएको सूचना चैत २६ गते टाँस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट