कानून विपरीत रहेका हतियार जफत गरिने-Sutra News

कानून विपरीत रहेका हतियार जफत गरिने

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीले कानून विपरीतका सम्पूर्ण हतियार जफत गर्ने भएको छ । पाँच वर्षभन्दा बढी नवीकरण नभएका हतियार प्रशासन कार्यालयले जफत गर्ने भएको हो ।



प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार गृह मन्त्रालयको निर्देशन बमोजिम जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लामा दर्ता भएका हतियार म्यादभित्र नवीकरण नभएमा तत्काल नवीकरण गर्नु पर्नेछ ।

इजाजत पत्र नलिएका र नवीकरण नगरिएका हतियार २०८१ वैशाख मसान्तभित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहारी कार्यालय वा नजिकैको प्रहरी चौकीमा बुझाउन जिल्ला प्रशासनले सूचना जारी गरेको छ ।

अनधिकृत व्यक्तिले हतियारको दुरुपयोग गर्न सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी कानून विपरीतका हतियार जफत गर्न लागिएको हो ।

पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण नभएकाको इजाजतसमेत खारेज गरी जफत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कूल २८१ हातहतियार दर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट