नयाँ वर्षको अवसरमा तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल-Sutra News

नयाँ वर्षको अवसरमा तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

आजको नयाँ वर्ष विं.सं. २०८१ वैशाख १ गते शनिबार । सन् २०२४ अप्रिल १३ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः४१ बजे भयो भने सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने अवसर सिर्जना हुन सक्छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । तर, दिनको पछिल्लो प्रहर अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला । आशा देखाउनेहरूले धोका दिन सक्छन् । अवसरवादीहरूले तपाईंको कमजोरीको फाइदा उठाउन सक्छन्, सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्ति र आमोदप्रमोदमा रम्नुहुनेछ ।

बृष

स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिने समय छ । सामाजिक उत्तरदायित्व बहन गर्नुहोला । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । तथापि, भेटघाटको अलमलले काममा बाधा दिन सक्छ । आँटले काम लिन नसक्दा पछि परिने सम्भावना छ । ब्यस्तताका साथै खर्च बढ्ने योग छ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

मिथुन

चुनौतीका बाबजुद कीर्तिमानी काम सुरु गर्ने समय छ । खर्च लागे पनि प्रयत्न गर्दा दिगो फाइदा हुने देखिन्छ । सकारात्मक जिम्मेवारी हात पर्ने अवसर जुर्ला । महत्वपूर्ण निर्णय लिनु छ भने समय अनुकुल छ । अध्ययनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरूले हार खानेछन् । आय वृद्धि होला । सकारात्मक कर्ममा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

आजको दिन स्वास्थ्यसम्बन्धी सामान्य समस्याका साथै काम बिग्रने भयले सताउन सक्छ । सोखले फजुल खर्च बढाउने र आलस्य गर्दा काम बीचैमा रोकिन सक्ने योग छ । अर्थसंग्रहमा बाधा पुग्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । तथापि कर्मबल बढ्नेछ भने सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

भाग्य बल बढ्नेछ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचनको सम्भावना देखिन्छ । सुखद समाचारले उत्साह जगाउला लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । आलोचकहरू परास्त हुनेछन् । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या

समय अनुकल छ । मनग्य धन आर्जन हुने ग्रहयोग छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न सक्छ, यसका बाबजुद कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनलाभ हुने देखिन्छ । दौडधुप बढ्ला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला

विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । समय र नियमलाई बेवास्ता नगर्नुहोला । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्ने योग छ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ । दामपत्यसुख बढ्नेछ । आरोग्यता रहला ।

बृश्चिक

रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । सोखले खर्च बढाउला । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा खिन्नता बढ्न सक्छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

धनु

विगतका कमीकमजोरीलाई सुधार गर्न सकिने दिन छ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । शुभचिन्तकहरूसँग भेटघाट होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

भाग्योन्नतिको समय छ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर जुर्ला । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्ने योग छ । केही चुनौती देखापर्ने भएकाले योजनाहरू गोप्य राख्नुहोला । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ

पराक्रम बढ्नेछ । कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउला । मिठो भोजन प्राप्त हुनेछ भने आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

धन मान महत्व बढ्ने समय छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । आर्थिक पक्ष सबल बन्नेछ तर सोख पूर्तिका लागि खर्च पनि बढ्न सक्छ । इर्ष्या गर्नेहरूले फसाउन सक्छन्, सावधान रहनुहोला । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट