वर्षको अन्तिम दिन बृष, कर्कट र धनु राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?-Sutra News

वर्षको अन्तिम दिन बृष, कर्कट र धनु राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

आज मिति विं. सं. २०८० चैत ३० गते शुक्रबार । सन् २०२४ अप्रिल १२ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः४२ बजे भयो भने सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काममा सफलता मिल्ला । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण तुल्याउला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । कार्यसम्पादन गर्ने क्षमता बढ्ला । परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

बृष

प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट भने राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने सम्भावना रहेकोले सावधानीका साथ काम गर्नु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ, तर स्वास्थ्यका लागि आजको दिन आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना रहेकोले होसियारीसाथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने योग छ । सकारात्मक कर्ममा आकर्षण रहनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

भाग्यबल बढ्नेछ, तर इर्ष्या गर्नेहरूले काम बिगार्न सक्छन्, सचेत रहनुहोला । बुद्धिको विशेष उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । प्रयत्न गर्दा बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण बढ्ला ।

सिंह

मन लगाएर प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । उपलब्धिले थप उत्साह जगाउला । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशांति बढ्ला ।

कन्या

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिने समय छ । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । यात्रामा विशेष लाभ होला । साझेदारीको काम बन्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

तुला

विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । आजको दिन सहयोगीहरूको भर नपर्नु नै हितकर होला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्ला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुने योग छ । आरोग्यता रहनेछ ।

बृश्चिक

आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । तर, परिस्थितिअनुसार चल्न नखोज्दा दुःख आइलाग्न सक्छ, ध्यान राख्नुहोला । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आरोग्यता रहला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ ।

धनु

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथ दिनेहरू बढ्नेछन् । आयआर्जनका स्रोत पनि वृद्धि हुने योग छ । व्यापारमा पनि फाइदा हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । व्यस्तता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

पराक्रम बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ भने प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ

दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । चिताएको काम सम्पादन गर्न सकिनेछ । प्रतिष्पर्धीहरूको सक्रियताका कारण अधिकारका लागि केही संघर्ष हुन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । खर्च भने केही बढ्न सक्छ । आरोग्यता रहनेछ । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट