बस पल्टिँदा विद्यार्थीसहित चारको मृत्यु-Sutra News

बस पल्टिँदा विद्यार्थीसहित चारको मृत्यु

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा मंगलबार स्कुल बस दुर्घटना हुँदा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ ।



प्रहरीका अनुसार उत्तर प्रदेशको राजधानी लखनउ नजिकैको बाराबंकी क्षेत्रमा उक्त बस सडकमै पल्टिएको थियो ।

बसभित्र करिब ४० जना स्कुलका विद्यार्थी तथा ६ जना शिक्षक रहेको वरिष्ठ प्रहरी जगत रामले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट