वर्षाका कारण १० जनाको मृत्यु, १२ घाइते-Sutra News

वर्षाका कारण १० जनाको मृत्यु, १२ घाइते

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा विगत दुई दिनको अवधिमा वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।



खैबर पख्तुनख्वाको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)का अनुसार मृत्यु हुनेमा आठ बालबालिका र दुई महिला रहेका छन् । घाइतेमध्ये नौ बालबालिका, दुई महिला र एक पुरुषलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षाका कारण प्रान्तभरि कम्तीमा २७ घरमा क्षति पुगेको पीडीएमएले जनाएको छ । उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको र मृतक र घाइतेलाई अस्पताल लगिएको छ ।

घर भत्किएका व्यक्तिहरूलाई आश्रय र आवश्यक सहायता प्रदान गरिएको प्रान्तीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट