शनिबार तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल-Sutra News

शनिबार तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

आज मिति विं.सं. २०८० चैत १७ गते शनिबार । सन् २०२४ मार्च ३० तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः५६ बजे भयो भने सूर्यास्त साँझ ६ः२० बजे हुनेछ ।



मेष

साथी मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति मिल्ने समय छ । अचानक धनआर्जनको योग रहेको छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । आरोग्यता रहनेछ । प्रतिष्पर्धीसँग लड्ने क्षमता र साहस वृद्धि हुनेछ । रोकिएको काम अघि बढ्ला । रसरागमा आकर्षण रहनेछ । आफन्तको साथ मिल्नेछ । उत्साह बढ्नेछ ।

बृष

आजको दिन प्रेमभाव वृद्धिका साथै सन्तानसुख बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । सोच्दैनसोचेको ठाउँमा पैसा खर्च हुने समय छ । व्यर्थको खर्चले मन पिरोल्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

आजको दिन ब्यस्तता बढ्नेछ । आफन्तमिलनले सुख देला । शुभता र आरोग्यता बढ्नेछ । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफल रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

नयाँ कामका योजनाहरु बन्ने समय छ । धन आर्जनको प्रवल योग छ । साथीभाइको सहयोग प्राप्त भइ पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । भ्रमणमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति(पदोन्नति होला ।

सिंह

रमाइलो तरिकाले कामहरु गर्न पाइने दिन छ । नयाँ कामका योजनाहरु पनि बन्ला । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । आरोग्यता बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक कामले गति लिनेछ । पारिवारिक सुखशांति वृद्धि होला ।

कन्या

समय त्यति शुभदायी देखिन्न । विशेष योजना पूर्ण कार्यान्वयन नहुन सक्छ । वादविवादको सामना गर्नुपर्ने योग छ । आजको दिन आगो र मेसिनरी सामग्रीबाट जोगिन विशेष प्रयत्न गर्नु हितकर हुनेछ । व्यस्तता बढ्नेछ । पारिवारिक जीवन सामान्य नै रहला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । यात्रा सफल रहला ।

तुला

मानसम्मान मिले पनि मनमा डर रहने समय छ । स्वास्थ्यका दृष्टिकोणले भने दिन राम्रो छ । आर्थिक लाभको योग छ, तथापि खर्च वृद्धि होला । विलासी काममा आकर्षण बढ्नेछ । सुख(सुविधाको बस्तु खरिद गर्नुहुनेछ । योजना र बजेट बनाएर मात्र काममा हात हाल्नु हितकर होला । शत्रुपक्ष परास्त हुनेछन् ।

बृश्चिक

आजको दिन मनोरञ्जनपूर्ण रहला । कामबाट फुर्सद पाइनेछ । मन प्रसन्न रहला । आयवृद्धि हुनेछ भने आर्थिक काम बन्नेछ । आरोग्यता र कर्मबल वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । प्रेमभाव बढ्नेछ । दाम्पत्यसुख मिल्नेछ ।

धनु

उन्नति पदोन्नतिको समय छ । काममा मन प्रसस्त मात्रामा जाला । अप्रत्याशित लाभ हुने दिन छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाज पनि लाभकारी सावित हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

मकर

दिन चुनौतीपूर्ण छ । अनावश्यक झमेलामा परिएला । आज केही हानी हुन सक्छ । पीडा दिनेहरु सक्रिय रहनेछन्, सावधान रहनुहोला । स्वास्थ्यको विशेष ख्याल गर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुने योग छ ।

कुम्भ

दौडधुप र जोखिम बढेपनि आयआर्जनको दृष्टिले राम्रो समय छ । कसैबाट दर्बिलो साथ(समर्थन मिल्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

आर्थिक क्षेत्रमा उन्नति हुने समय । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । साझेदारीको काम बन्नेछ भने दामपत्य सुख बढ्नेछ । आरोग्यता रहला । आफन्तको साथ भने कमै मिल्नेछ । सुख विलास बढ्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट