सबै कलाकार अटाएको ‘इश्वर’को पोस्टर -Sutra News

सबै कलाकार अटाएको ‘इश्वर’को पोस्टर 

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं ।  फिल्म ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।



राजु गिरीको निर्देशन रहेको फिल्म वि.सं २०८१ मङ्सिर १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । पात्रहरुको मनोदशा देखाउँदै सार्वजनिक गरिएको पोस्टरमा फिल्मका सबै कलाकार अटाएका छन् ।

फिल्मको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । यसरी हेर्दा निर्माण पक्षले कलाकारहरूले आफ्नो अनुहार नआएको गुनासो गर्छन् कि भने झैँ गरेर सबै कलाकार समेटेको पोस्टर सार्वजनिक गरिएको देखिन्छ ।

अपराधको कथा बोल्ने पोस्टरमा सुनील थापा, बुद्धि तामाङ, रविन्द्र झा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पृथ्वीराज प्रसाई, अनु शाह, ध्रुव थापा फिचर्ड छन् ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भूमिकामा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल,सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाईँ र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ ।

फिल्मको सम्पूर्ण छायाङ्कन पोखरा र हेम्जाकोट गरिएको छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले लिएको छ ।

अब भएजति सबै कलाकार देखाएर पछि हलमा फिल्म हेर्ने दर्शकको हाहाकार होला । नत्र कलाकारको भीड देखाएको लाजै होला है !

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट