‘मिस युनिभर्स’मा पहिलोपटक सहभागी हुँदै साउदी अरब-Sutra News

‘मिस युनिभर्स’मा पहिलोपटक सहभागी हुँदै साउदी अरब

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । मेक्सिकोमा हुने विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स’मा साउदी अरब पहिलो पटक सहभागी हुने भएको छ । यसै वर्षको अन्त्यतिर हुन लागेको प्रतियोगितामा साउदी अरबको प्रतिनिधित्व २७ वर्षीय मोडल रुमी अलकाहतानीले गर्ने भएकी छन् ।



रुमीले यसअघि मिस साउदी अरब, मिस मिडल इस्ट, मिस अरब वर्ल्ड पिस र मिस वुमन (साउदी अरब) जस्ता सौन्दर्य प्रतियोगिता जितिसकेकी छन् । रुमीले सामाजिक सञ्जाल पोस्ट गर्दै मिस युनिभर्समा आफ्नो सहभागिताको घोषणा गरेकी हुन् ।

‘द न्यु अरब न्युज’का अनुसार मिस वर्ल्डमा स्विमवेयरको इभेन्ट हुन्छ तर मिस युनिभर्समा यो कार्यक्रम हुँदैन ।

रुमी साउदी अरबको राजधानी रियादकी बासिन्दा हुन् । मोडल हुनुका साथै उनी सामाजिक सञ्जाल सेलिब्रेटी पनि हुन् । इन्स्टाग्राममा उनका १० लाखभन्दा बढी फलोअर्स छन् । हालै उनले मिस एसियन प्रतियोगिता जितेकी थिइन् ।

‘एमिरेट्स वुमन’ म्यागजिनको रिपोर्टका अनुसार रुमी आफैँले सामाजिक सञ्जालमा मिस युनिभर्समा सहभागी भएको बताएकी छन् । यससँगै उनले आफ्नो पछिल्लो तस्बिर पनि सेयर गरेकी छन् । उनको साथमा साउदी अरबको राष्ट्रिय झण्डा पनि देखिन्छ ।

क्याप्सनमा रुमीले लेखेका छन्- ‘मिस युनिभर्सिटी २०२४ मा सहभागी हुन जानु मेरो लागि गर्वको कुरा हो । मिस युनिभर्स प्रतियोगितामा भाग लिने पहिलो साउदी महिला हुन पाउँदा खुसी लागेको छ ।’

मिस युनिभर्स सौन्दर्य प्रतियोगिता पहिलो पटक सन् १९५२ मा भएको थियो । सौन्दर्य प्रतियोगितामा लेबनान, बहराइन जस्ता अरब देशका युवतीहरू सहभागी हुँदै आएका छन् । तर, साउदी अरब भने पहिलो पटक सहभागिता हुन लागेको छ ।

मिस युनिभर्स प्रतियोगितामा पौडी खेल्ने पहिरन लगाउन आवश्यक पर्दैन भने मिस युनिभर्समा परम्परागत पहिरन कार्यक्रम पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट