माओवादीले इलाम र बझाङ दुवै क्षेत्रमा उम्मेदवारी दिने-Sutra News

माओवादीले इलाम र बझाङ दुवै क्षेत्रमा उम्मेदवारी दिने

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडाैं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।



सत्ता गठबन्धनमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाउने भन्ने भएपछि माओवादी केन्द्रले पनि उठाउने निर्णय गरेकाे उनले बताए ।

‘सत्ता साझेदारबीच सबैले आ-आफ्नै उम्मेदवार उठाउने भन्ने कुराकानी भयाे, हामीले पनि दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय गरेका छाैं’, बैठककाे निर्णयबारे पाैडेलले भनेका छन् ।

चुनावलाई पार्टीले जनमत परीक्षणकाे रूपमा लिएकाे उनले बताए ।

इलाम २ बाट माओवादीले चार जनाको उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ । बझाङमा भने प्रक्रिया अगाडि बढाएको छैन ।

इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। जसकाे लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट